सुदूर नेपाललाई विश्वसँग जोड्दै

साझा विवेकशिलको भ्रष्टाचार विरुद्धको अभियान जारी

२०७६ जेठ २, ०६:५० खबर संवाददाता

साझा विवेकशिल पार्टीले सुदूरपश्चिममा सुरु गरेको भ्रष्टाचार विरुद्धको महाअभियान आज पनि जारी छ। साझा विवेकशिल पार्टीले कैलालीको टिकापुरबाट सुरु गरेको भ्रष्टाचार विरुद्धको महाअभियान अन्तरगत आज पनि विभिन्न स्थानमा कोण सभाको आयोजना गरिएको छ। कैलालीको अत्तरिया, कञ्चनपुरको झलारी र महेन्द्रनगरमा पनि कोण सभा भएको साझा विवेकशिल पार्टीले जनाएको छ। कोण सभामा पार्टीका केन्द्रीय संयोजक रविन्द्र मिश्र, पार्टी प्रवक्ता सुर्यराज आचार्य, संगठन विभाग प्रमुख मुमाराम खनाल, सुदूरपश्चिम संयोजक गोपाल हमाल लगायतका नेताहरुले सम्वोधन गरेका हुन । भोली कञ्चनपुरको आईविआरडी, बेलौरी र बेल्डाडीमा पनि कार्यक्रमको आयोजना हुने पार्टीले जनाएको छ।

कमेन्ट लोड गर्नुस