सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट वन मुद्दाका फरार प्रतिवादी पक्राउ 

२०८० फाल्गुन २२, ०७:३४ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट वन मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा भीमदत्त नगरपालिका-१० बस्ने ४० वर्षीय देवसिंह साउद रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए।

साउदलाई जिल्ला अदालत कञ्चनपुरले २०७२ असार २० गते वन मुद्दामा १ हजार ५४२ रुपैँया जरिवाना ठहरगरेपछि उनी फरार रहेका थिए। उनलाई सोमवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।  

कमेन्ट लोड गर्नुस