सुदूर नेपाललाई विश्वसँग जोड्दै

चुरेका ग्रामीण सडकको स्तरोन्नतिको काम  सुरु

२०८० फाल्गुन १९, ०४:४२ रासस

धनगढीः  कैलालीको चुरे गाउँपालिका क्षेत्रभित्रका ‘ट्र्याक’ खोलिएका ग्रामीण सडकको स्तरोन्नति गर्ने काम सुरु भएको छ।

ट्र्याक खुलेका कच्ची सडकलाई बाह्रै महिना सञ्चालनका लागि स्तरोन्नतिको काम सुरु गरिएको हो। चौमाला–गर्भा दरबार, चौमाला–खैराला, सहजपुर–अलाडनिगाली, देउराली–मौरे  सडकको ठेक्का सम्झौता भई स्तरोन्नतिको काम सुरु भएको गाउँपालिकाका इन्जिनियर उमेशराज जोशीले बताए।

स्तरोन्नति हुन लागेको सडकमध्ये सहजपुर–अलाडनिगाली सडकको २०६५ साल अघि नै ट्र्याक खुलेको थियो। चौमाला–गर्भा दरबार, चौमाला–खैराला, देउराली–मौरे  सडक भने तीन वर्षअघि नै ट्र्याक खुलेको जनाइएको छ।

सङ्घीय सरकार र प्रदेश सरकारको समपूरक अनुदानबाट अहिले सडक स्तरोन्नति गर्न थालिएको हो। निर्माण कम्पनीले गाउँपालिकासँग सम्झौता भई चालू आर्थिक वर्षको असारसम्म स्तरोन्नति सम्पन्न हुने गरी काम सुरु भएको इन्जिनियर जोशीले बताए।
 

कमेन्ट लोड गर्नुस