सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा विभिन्न मुद्धामा फरार रहेका छ जना पक्राउ

२०८० फाल्गुन १८, १०:४२ खबर संवाददाता

धनगढीः कैलालीमा बिहीवार विभिन्न मुद्धामा फरार रहेका छ जना पक्राउ परको छन्।

बिहीवार तीन जना लागुऔषध मुद्धाका, दुई जना वन मुद्धा र एक जना कुटपिट मुद्धाका गरि छ जना दाषी पक्राउ परेका छन।

वन मुद्धामा दोषी ठहरीयका घोडाघोडी नगरपालिका–८ का ३८ वर्षीय प्रेमलाल चौधरी, कैलारी गाउँपालिका–६ का ४५ वर्षीय गुलिराम चौधरी र कुटपिट मुद्धाका लम्कीचुहा नगरपालिका–९ का ६९ वर्षीय पदमबहादुर विष्ट पक्राउ परेका छन्। प्रेमलाललाई ७० हजार २२०, गुलिरामलाई १७ हजार ५१० र विष्टलाई दुई हजार जरिवाना तोकिएको थियो। 

यस्तै लागुऔषध मुद्धामा दोषी ठहरीयका धनगढी उपमहानगरपालिका–१३ का २२ वर्षीय सुरज राना, धनगढी–१३ का २२ वर्षीय रबि राना र एक नाबालक पक्राउ परेका छन्। सुरज, रबि र उक्त बालक तीनै जनलाई  एक महिना २४ दिन कैद सजाय तोकिएको थियो।

सजाय तोकेको दिनबाट फरार रहेका ६ जनालाई शुक्रवार पक्राउ गरिअदालत बुझाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदिप चन्दले बताएका छन्।
 

कमेन्ट लोड गर्नुस