सुदूर नेपाललाई विश्वसँग जोड्दै

उत्कृष्ट गायिका रारा म्युजिक अवार्ड गायिका कृष्णालाई

२०८० फाल्गुन १७, ०५:०१ खबर संवाददाता

धनगढीः उत्कृष्ट भाषाभाषी गायिका तर्फको रारा राष्ट्रिय म्युजिक अवार्ड २०८० को उपाधी गायिका कृष्णा सिराडीले पाएकी छन्।

बुधवार भएको राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहबीच उनलाई सो अवार्ड प्रदान गरिएको हो। लोक दोहोरी र लोकदेउडा गीतका माध्यमबाट चर्चा बटुलिरहेकी सिराडी पछिल्लो पुस्ताकी चर्चित गायिका हुन्। उनले हाल सम्म करिब १ सय ५० भन्दा बढि गितहरुमा स्वर दिई सकेकी छन्।

अवार्ड पाईसकेपर्छिेै सिराडीले भनिन् “राष्ट्रिय स्तरको म्युजिक अवार्ड पाउँदा निकै खुसी लागेको छ।” आफुले करिब एक दशक देखि कला सस्कृतीको जर्गेनाका लागि काम गरिरहेको भएपनि आज सो मेहनतको फल आफुले प्राप्त गरेको उनले बताइन्।

पछिल्लो समय अलि छाडा गितहरुले बजार तताई रहेको भएपनि आफुले यस्ता गितहरुमा स्वर नदिने उनले बताइन्। चर्चा कमाउन कै लागी जे पायो त्यो शब्द म गाउदैन हाम्रो सस्कृती जर्गेना गर्नु छ भने हामी सबैले यो छाडापन हटाउनु पर्छ उनले भनिन्।
 

कमेन्ट लोड गर्नुस