सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको बोगटान फुड्सिल गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास

भवनको डिजाइन
भवनको डिजाइन । फोटो स्रोत ।
२०८० फाल्गुन १७, ०२:४६

डोटी : डोटीको बोगटान फुड्सिल गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास गरिएको छ। शुक्रवार गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिला र उपाध्यक्ष बिस्ना बमले कार्यपालिका भवनको शिलान्यास गरेका हुन्। गाउँपालिकाका अनुसार प्रशासकीय भवन साढे तीन तलाको निर्माण हुनेछ।

नयाँ बन्ने भवन हाल कार्यपालिकाको भवन रहेको स्थानदेखि केही दुरी पूर्वमा रहेको छ। भवन निर्माणका लागि नयरा, नारायण, अनमोल जेभि बझाङसँग भ्याटसहित ७ करोड ७९ लाख, १४ हजार ९ सय ६५ दशमलव ७४ रुपैयाँमा सम्झौता भएको छ। निर्माण अवधि १५ महिना रहेको भवनको कार्य निर्माण व्यवसायीले २०८१ फागुन ३० गतेसम्म सक्नुपर्ने छ।

 

कमेन्ट लोड गर्नुस