सुदूर नेपाललाई विश्वसँग जोड्दै

लागुऔषध मुद्धामा फरार रहेका टीकापुरका ठकुल्ला पक्राउ

२०८० फाल्गुन १६, १०:११ खबर संवाददाता

धनगढीः कैलालीबाट लागुऔषध मुद्धामा फरार रहेका एक जना पक्राउ परेका छन्।

टीकापुर नगरपालिका–१ का २३ वर्षीय तपेन्द्र ठकुल्ला मंगलवार पक्राउ परेका हुन्। उनलाई अदालतले लागुऔषध मुद्धामा २०७८ मंसिर २२ गते १९ दिन कैद सजाय तोकेको थियो।

सोहि दिनबाटै फरार रहेका ठकुल्लालाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले मंगलवार उनकै घरबाट प्रकाउ गरेको गरेको हो।
 

कमेन्ट लोड गर्नुस