सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको चैतन्य पाठशालामा बाल साहित्य सम्मेलन

२०८० फाल्गुन १५, ०७:२३ खबर संवाददाता

धनगढीः धनगढी-५ मा रहेको चैतन्य पाठशालाले चैतन्य बाल साहित्य सम्मेलन गरेको छ। आज मंगलवार विद्यालयले बाल साहित्य सम्मेलन गरेको हो।

चैतन्य पाठशालाका शिक्षक अभिभावक संघका अध्यक्ष इश्वर गिरिको अध्यक्षतामा भएको बाल साहित्य सम्मेलनमा प्रमुख अतिथि साहित्यकार बद्री शर्मा विनाडी रहेका थिए। विद्यालय तहबाटै विद्यार्थीमा रचनात्मक क्षमताको विकास होस् भन्ने हेतुले बाल साहित्य सम्मेलन गरिएको प्रधानाध्यापक कटकबहादुर सिंहले बताए।

यस्तै चैतन्य पाठशालाका निर्देशक गणेशप्रसाद जोशीले पाठशालाले गुणस्तरीय शिक्षा दिइरहेको बताएका छन्। विद्यालयमा वेद र विज्ञानलाई सँगसँगै जान्ने अवसर विद्यार्थीहरूलाई प्रदान गरिएको जोशीले बताए। चैतन्य पाठशाला गुणस्तरीय शिक्षा प्रदान गर्न रचनात्मक काम गरिरहेको निर्देशक जोशीले बताए। कार्यक्रममा विद्यार्थीहरूले आफैले रचना गरेका गीत कविता, गजल लगायतका साहित्यिक रचनाहरू सुनाएका थिए। कार्यक्रममा कक्षा ८ मा अध्ययनरत विद्यार्थी जेनी चौधरीले कविता वाचन गरेकी थिएन्। उनले ‘म को हुँ’ शीर्षकको कविता सुनाएकी थिइन्।

कार्यक्रममा कैलाली बहुमुखी क्याम्पसका सह-प्राध्यापक गणेशप्रसाद जोशीले बाल साहित्य सम्मेलनले विद्यार्थीको चौतर्फी विकास गर्न सहयोग गरेको भन्दै आयोजकलाई धन्यवाद दिएका छन्। उनले विद्यालयले केवल पठनपाठन मात्रै गरेर नहुँने भन्दै यस्ता रचनात्मक र सिर्जनशील काममा जोड दिनुपर्ने बताएका छन्। सह-प्राध्यापक जोशीले भने, विद्यार्थीले किताबी कुरा घोक्ने, रटाउने, परम्परालाई तोड्नुपर्छ, खेल्दै रमाउदै सिक्ने वातावरण निर्माण गरिनु पर्छ।‘

कार्यक्रममा महाकाव्यकार मनिराज जोशी, साहित्यकार यज्ञराज जोशी यात्री, कैलाली बहुमुखी क्याम्पसका सह-प्राध्यापक सिताराम भट्ट, सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष, तीर्थराज पाण्डेय, उपाध्यक्ष रुपा स्वाँर, राजेन्द्र शाह , साहित्यकार तारा पल्लवी, डिल्लीराज जोशी, तोयनाथ भट्ट, डिल्लीराज ओझा, गणेश नेपाली, भीमदत्त विनाडी, सितल खड्का, शिवनारायण दहित, पुष्पराज पाण्डे, अभिभावक र विद्यार्थीको उपस्थिति रहेको थियो।

कमेन्ट लोड गर्नुस