सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुई महिनादेखि कम्पनिले तलब नदिएपछि युएईमा १२ जना नेपाली अलपत्र

। फोटो स्रोत ।
२०७६ जेठ १, ०३:०८ खबर संवाददाता

यूएईमा १२ जना नेपाली कामदार अलपत्र परेका छन। साढे दुईमहिनादेखि तलब नपाएपछि उनिहरु अलपत्र परेका हुन्। काठमाण्डौ महाराजगञ्जमा रहेको नेगी इन्टरनेशनल ओभरसिज म्यानपावरमार्फत संयुक्त अरब इमिरेट्स (यूएई) को एटोन कन्ट्र्या्क्टिङ मेन्टिनेन्स् कम्पनीमा गएका उनीहरुलाईं अहिले खान बस्न पनि समस्या भईरहेको छ। पहिलेदेखि काम गरेको तलब नपाएपछि काम छोडेर कम्पनीले भाडामा लिएर राखेको मजदुर क्याम्प बसेका उनीहरुलाई त्यंहाबाट पनि निकालीपछि उनीहरु थप समस्यामा परेका छन्। 

आबुधाबीको मुसाफा ८ नम्बर मजदुर क्याम्पमा ७ जना र बाँकी ५ जना दुबईमा रहेका छन्। मुसाफामा अलपत्र परेका ७ जनाले मंगलबार नेपाली दूतावास आबुधाबीमा पुगेर आफूहरु समस्यामा परेको र सहयोग गरिदिन भन्दै निवेदन समेत दिएके दुतावासले जनाएको छ। अलपत्र परेकामध्ये सबै इलेक्ट्रिसियन तथा प्लम्बरको काममा यूएई आएका  हुन्। काम एउटै भए पनि म्यानपावरले नेपालमा गराएको सम्झौता अनुसार यहाँ तलब नपाएको पीडितहरुको गुनासो छ।

एक हजार दिर्हाम न्युनतम तलब र खाना बापत २ सय दिर्हाम दिने भनेर यूएई ल्याएको भए पनि यहाँ आएर कम्पनीले ८ सय तलब र २ सय खाना बापतको सम्झौता गराएको थियो। नेपाली कामदारको उजुरीका आधारमा दूतावासका श्रम काउन्सिलर भेषबहादुर कार्कीले कम्पनीको मानव संसोधन विभाग र म्यानपावरका प्रतिनिधिसँग टेलिफोन गरेर समस्या समाधान गर्न आग्रह गरिएको जानकारी दिएका छन्।

कम्पनीले एक हप्तामा कामदारहरुले पाउनुपर्ने सम्पूर्ण सेवा सुविधा उपलब्ध गराउने प्रतिवद्धता दूतावाससँग गरेको छ। उनीहरुको समस्या समाधान गर्ने र खाना बस्नको समेत व्यवस्था गर्ने कम्पनीले मौखिक सहमति र कामदार यूएई पठाएको म्यानपावर कम्पनीले पनि कामदार कार्यरत कम्पनीसँग समन्वय गरेर समस्या समाधान गर्ने दूतावासले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस