सुदूर नेपाललाई विश्वसँग जोड्दै

फागुन १३ देखि कैलालीमा दादुरा–रुबेला विरुद्धको खोप लगाइने

२०८० फाल्गुन ११, ०९:२४ खबर संवाददाता

धनगढीः कैलालीमा यहि फागुन १३ गते देखि दादुरा–रुबेला विरुद्धको खोप अभियान संचालन हुने भएको छ।

९ महिना देखि १५ वर्ष मुनिका बालबालिकाहरुलाई दादुरा–रुबेला रोग विरुद्धको खोप अभियान संचालन हुन लागेको हो। स्वास्थ्य कार्यालय कैलालीले बालबालिका हरुलाई नजिकैको खोप केन्द्रमा दादुरा–रुबेला खोप लगाउन अनुरोध गरेको छ। खोप अभियानमा ५ वर्ष मुनिका बालबालिकाहरुलाई छुटेको नियमित खोप पनि लगाइने छ।

कैलालीका १३ वटा पालिकामा २ लाख ५८ हजार १ सय ६५ बालबालिकाहरुलाई दादुरा–रुबेला विरुद्धको खोप लगाउने लक्ष्य रहेको छ। कैलालीमा दादुरा–रुबेला रोग विरुद्धको खोप अभियानमा नौं सय ६४ खोप केन्द्र र दुई सय ९२ स्वास्थ्यकर्मीहरु परिचाल गरिने स्वास्थ्य कार्यालय कैलालीका प्रमुख आशुतोस श्रेष्ठले बताए। प्रमुख श्रेष्ठले जिल्लालाई पुर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने समेत तयारी भइरहेको बताएका छन्।

कमेन्ट लोड गर्नुस