सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको चौराहाबाट भन्सार छलीको सामान बरामद

२०८० फाल्गुन ११, ०३:४२ खबर संवाददाता

धनगढीः धनगढीबाट भन्सार छलीको सामान बरामद गरिएको छ।

धनगढी उपमहानगरपालिका–२ चौराह र धनगढी–३ को राना गाँउबाट भन्सार छलीका अन्दाजी २७ हजार ८८० मूल्य बराबरको सामान प्रहरीले बरामद गरेको हो।

चिनी, प्याज, मिठाइ, डाल्डा, चना, बेसन, सरप, सुर्तीजन्य पदार्थ लगायतका सामान बिहीवार (हिजो) दिउँसो प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस