सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा एक महिनादेखि तालाबन्दी

२०७६ जेठ १, ११:४१ खबर संवाददाता

निमित्त उपकुलपति र रजिष्टार नियुक्तिमा एकलौटी गरिएको भन्दै सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा नेपाली कांग्रेस निकट नेविसंघले तालाबन्दी गरेको छ। विश्वविद्यालयका कुलपति एव्म विश्वविद्यालय सभाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले निमित्त उपकुलपति र रजिष्टार नियुक्तिमा एकलौटी गरेको भन्दै नेविसंघ गत चैत २७ गतेदेखि सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय महेन्द्रनगरमा गरेको तालाबन्दी यथावथ राखेको छ।

नेविसंघ सुदूरपश्चिम विश्वविद्यालयका इन्चार्ज कैलाश चन्दले विश्वविद्यालयसभाको सिफारिसका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन उपकुलपति भुषण श्रेष्ठ र रजिष्टार द्धिजराज भट्टलाई निलम्बन गरी विज्ञान संकायका डिन पूर्ण बहादुर चन्द र शिक्षा संकायका डिन गोविन्द विष्टलाई निमित्तको जिम्मेवारी दिएको भनिएपनि उनीहरुले दोहोरो जिम्मेवारी निर्वाह गरिरहेकाले बताए।

निमित्त उपकुलपतिको जिम्मेवारी पाएका विज्ञान संकायका डिन पूर्ण बहादुर चन्द र रजिष्टार  रजिष्टारको जिम्मेवारी पाएका शिक्षा संकायका डिन गोविन्द विष्टले दोहोरो जिम्मेवारी निर्वाह गरिरहेकाले स्पष्ट पार्न माग गर्दै तालाबन्दी गरिएको चन्दले जानकारी दिए।

प्रधानमन्त्रीको अध्यक्षतामा रहेको विश्वविद्यालय सभाले तत्कालीन उपकुलपति भुषण श्रेष्ठ र रजिष्टार द्धिजराज भट्टलाई पदीय जिम्मेवारी विपरीत काम गरेको भन्दै कारवाहीका लागि सिफारिस गरेपछि प्रधानमन्त्रीले उनीहरुलाई निलम्बन गर्दै अर्को व्यवस्था नहुँदा सम्मका लागि आफूहरुलाई जिम्मेवारी दिएको निमित्त रजिष्टार विष्टले बताए। उनले विश्वविद्यालयको केन्द्रीय कार्यालयमा गरिएको तालाबन्दी सम्बन्धीत पक्षसंग वार्ता गरेर खुलाउन आफूले पहल गर्ने दावी गरे। 
 

कमेन्ट लोड गर्नुस