सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

२०८० फाल्गुन ६, ०४:४६ खबर संवाददाता

काठमाडौँः धितोपत्र बजार शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार परिसूचक २७ दशमलव २१ अङ्कले ओरालो लागेर दुई हजार ३४ दशमलव ८२ मा सीमित भएको हो। ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ३५ अङ्कले ओरालो लागेर तीन सय ६५ दशमलव २० मा सीमित भएको हो।

कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्यम गिरावट भएको छ। कूल एक करोड सात लाख ७२ हजार चार सय ८३ कित्ता शेयर तीन अर्ब ७७ करोड ५४ दाख २२ हजार एक सय ९६ मूल्यमा कारोबार भयो। नेप्सेका अनुसार बोटलर्स नेपाल बालाजु र समाज लघुवित्तको शेयर मूल्यमा भने १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ।
 

कमेन्ट लोड गर्नुस