सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उपमहानगरबाट २ सय ८३ जनाको क्यान्सर परीक्षण

२०८० फाल्गुन ६, ०२:१८ खबर संवाददाता

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले क्यान्सर स्किनिङ्ग स्वास्थ्य शिविर सम्पन्न गरेको छ।

शनिबार उपमहानगरले वडा नम्बर १९ को फूलवारी स्वास्थ्य चौकीमा एक दिने शिविर सम्पन्न गरेको हो। उपमहानगरले नेपालगञ्जको खजुरास्थित शुशील कोइराला प्रखर क्यान्सर अस्पतालको समन्वयमा क्यान्सर स्किनिङ्ग स्वास्थ्य शिविर सञ्चालन गरेको धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले बताए।

क्यान्सर स्किनिङ्ग शिविरमा २ सय ४७ जना महिला र ३६ जना पुरुष गरी २ सय ८३ जनाले निःशुल्क सेवा लिएको स्वास्थ्य शाखा प्रमुख अवस्थीले बताए। शिविरमा सेवा लिएकामध्ये १४ जना महिला पाठेघरको मुखको क्यान्सरको शंकास्पद बिरामी भेटिएको, १८ जना महिलामा पाठेघरको मुखमा घाउ भएको, तीन जना महिलाको पाठेघर खसेको उनले बताए।

शिविरमा २ जनामा क्यान्सरका पूर्ण शंकास्पद बिरामी भेटिएको तथा तीन जना क्यान्सरका पुराना बिरामीले समेत सेवा लिएको उनले बताए। शिविरमा सेवाग्राहीलाई क्यान्सरबाट बच्न सकिने जीवन पद्धति अपनाउन परामर्शसमेत गरिएको उनको भनाइ थियो।

कमेन्ट लोड गर्नुस