सुदूर नेपाललाई विश्वसँग जोड्दै

लायन्स क्लबहरुद्धारा कञ्चनपुरमा नि : शुल्क स्वास्थ्य सिविर सञ्चालन

२०८० फाल्गुन ५, ०९:५८ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा निः शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। लायन्स क्लब अफ धनगढी सिटी, लायन्स क्लब अफ धनगढी भिजन र लायन्स क्लब अफ धनगढी एभरेष्टको संयुक्त आयोजनामा कंचनपुरमा बृहत निःशुल्क स्वास्थ्य शिविर शनिवार आयोजना गरिएको हो।

नवजीवन अस्पताल प्रालि धनगढी, पुनर्वास नगरपालिका वडा नम्बर ११ को कार्यालय र गेटा आँखा अस्पतालको सहयोगमा राष्ट्रिय मावि अमरबस्तीमा शनिवार स्वास्थ्य शिविरको आयोजना गरिएको हो। शिविरमा ७१३ जनाले निःशुल्क स्वास्थ्य उपचार सेवा लिएका छन्। आयोजकका अनुसार ३४३ जनाले आँखा, ३४ बालबालिका र ३३६ जनाले हाडजोर्नी तथा नशा रोगको स्वास्थय उपचार सेवा लिएका हुन्। उनीहरुलाई नि : शुल्क औषधिसमेत विरतण गरिएको छ।

हाडजोर्नी तथा नसारोग विशेषज्ञ डाक्टर विदुरमणी ढकाल, जनरल फिजिसियन डा. राजु विष्ट, स्त्री रोग विशेषज्ञ डा. जयराम केसी, बाल रोग विशेषज्ञ डा. सतिश शर्मा, दृष्टि विशेषज्ञ पवन शाह लगायतले बिरामीको चेकजाँच गरेका थिए। शिविरमा लायन्स क्लबका पदाधिकारीहरु र स्वास्थ्य स्वयमसेवीकाहरुको उपस्थिति रहेको थियो।

 

कमेन्ट लोड गर्नुस