धनगढी र नेपाल युथ फाउन्डेसनको सहयोगमा फर्निचर सम्बन्धी तालिम संञ्चालन

धनगढीः धनगढी उप–महानगरपालिका, नेपाल युथ फाउन्डेसन नेपालको सहयोगमा ओल्गापूरी भोकेशनल स्कूलको सुयुत्त साझेदारीमा फर्निचर सम्बन्धी तालिम सुरु भएको हो।
५५० घण्टे वेल्डर र ३९० घण्टे फर्निचर मेकर तालिम धनगढी १८ मा रहेको सामुदायिक भवनको तालिम केन्द्रमा एक कार्यक्रमका विच धनगढी उप–महानगरपालिकाका नगर उप प्रमुखले कार्यक्रमको उद्घघाटन गरेकी हुन्। प्रर्दशनीमा राखिएका मेसिन (कटर मेसिन) द्वारा काठ र फलाम काटेर उप प्रमुख रानाले कार्यक्रमको उद्घघाटन गरेकी थिइन्।।
कार्यक्रममा धनगढी उप–महानगरपालिकाका नगर प्रमुख गोपाल हमाल, प्रमुख प्रशासकिय अधिकृत, विभिन्न वडाका अध्यक्ष नेपाल युथ फाउन्डेसन नेपालका प्रतिनिधी, स्थानीय समाजसेवी लगाएतको उपस्थिती रहेको थियो। उक्त कार्यक्रममा वेल्डर तालिमका प्रशिक्षार्थी २१ जना फर्निचर मेकरका १९ जना गरी ४० जनाको सहभागिता रहेको थियो। कार्यक्रममा नगरपालिकाले तालिमका कार्यक्रमलाई दिगो र निरन्तरता दिन सुदुरपश्चिम भरिका ८८ वटै स्थानीय तहका ईच्छुक व्यक्तिले तालिम लिन सक्ने नगर प्रमुख हमालले बताए।



