घोडाघोडी नगरपालिकाका नगरप्रमुख रावत लडेर घाइते

धनगढीः कैलालीको घोडाघोडी नगरपालिका प्रमुख खडक रावत घाइते भएका छन्।
मंगलवार राती घर नजिकै चक्कर आएर ढलेका रावतको टाउकोमा चोट लागेको हो। घाइते प्रमुख रावतको घोडाघोडी अस्पतालमा उपचार गरिएको छ। घाउँ भएको ठाउँमा चार वटा टाँका लागेको घोडाघोडी अस्पतालका चिकित्सक राहुल कुमार सिंहले बताए।
हिड्दा हिड्दै अचानक लडेका रावतलाई स्थानीयले घोडाघोडी अस्पतालमा पुगाएका थिए। नगरप्रमुख रावतले चोटका कारण घरमै आराम गरिरहेको बताएका छन्। उनले भने ‘अचानक चक्कर आए जस्तो भो, त्यही लडे छु! कुनै पनि कार्यक्रममा आफु सरिक हुन नसकेको र अझै केहिदिन आराम गर्ने नगरप्रमुख रावतले बताए।



