सुदूर नेपाललाई विश्वसँग जोड्दै

आजबाट शिवपुरी धाममा श्रीमदभागवत महायज्ञ सुरु

२०८० फाल्गुन २, ०३:३४ खबर संवाददाता

धनगढीः आजबाट कैलालीको धनगढीस्थित शिवपुरी धाममा श्रीमदभागवत महायज्ञ सुरु भएको छ।

धनगढी उपमहानगरपालिका–४ को शिवपुरी धाममा श्रीमदभागवत महायज्ञा आज (बुधबार) बाट सुरु भएको हो। शिवपुरी उत्तररामेश्वरम ज्योर्तिलिंग धाम ब्यवस्थापन समितिको आयोजनामा ११ औं श्रीमद भागवत महायज्ञ लागेको छ। महायज्ञमा पुर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द प्रमुख अथिति रहेका छन्।

ब्रम्हनिष्ठ सन्त शिरामणी लोकानन्द स्वामी पनि श्रीमदभागवत महायज्ञमा उपस्थित भएका हुन्। फागुन ८ गतेसम्म श्रीमद भागवत प्रवचन, मत्स्यपुराण पारायण हुनेछ। धाम ब्यवस्थापन समितिले हरेक वर्ष एउटै मितिमा महायज्ञको आयोजना गर्दै आएको छ।  धाम ब्यवस्थापन समितिका अध्यक्ष बल्देवप्रसाद भट्टको अध्यक्षतामा भएको महायज्ञ लगाउनुअघि सहिदगेटदेखि ट्राफिक चौराहा, रातोपुल हुदै धामसम्म विभिन्न झाँकी सहितको कलशयात्राको आयोजना गरिएको थियो। 

महायज्ञमा १०८ शिवलिंग स्थापना संकल्प हुने आयोजकले जनाएको छ। महायज्ञमा ब्रम्हनिष्ठ सन्त शिरामणी लोकानन्द स्वामीको प्रवचन, प्रखर पुराणबाचक पुराणोपासक आचार्य सत्यराज अवस्थीबाट संगीतमय प्रवचन, बैदिक कार्यहरु विवाह, ब्रतबन्ध, ८४ पुजा, गृहशान्ति, कालसर्पयोग निवारण जस्ता अनुुष्ठानहरु पनि हुनेछ।

कमेन्ट लोड गर्नुस