कञ्चनपुरमा थप एक जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा विद्युतीय अपराधको आरोपमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
भीमदत्त नगरपालिका–१७ का चन्द्रकान्त भट्ट (सिके) लाई प्रहरीले पक्राउ गरेको हो। बुधबार अनुसन्धानका लागि भन्दै उनलाई नियन्त्रणमा लिएको कञ्चनपुर प्रहरीले बताएको छ। भट्ट माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी सदस्यसमेत हुन्।
सोमबार प्रहरीले भीमदत्त नगरपालिक–१८ का कर्णबहादुर चन्द र भीमदत्त नगरपालिका–१६ का दशरथ धानुकलाई नियन्त्रणमा लिएको थियो। चन्द पूर्व प्रहरी हवल्दार हुन्। कञ्चनपुर प्रहरीले शनिवार पत्रकार ऐश्वर्य कुँवर र पुष्कर भट्टलाई समेत पक्राउ गरेको थियो।