सुदूर नेपाललाई विश्वसँग जोड्दै

श्रीलंकामा हिंसा फैलिएपछि देशभर कर्फ्यु आदेश जारी

। फोटो स्रोत ।
२०७६ वैशाख ३१, ०१:२१ खबर संवाददाता

श्रीलंकामा विभिन्न चर्च तथा मस्जिदमा आक्रमण हुने क्रम बढेसँगै कफ्र्यु आदेश जारी गरेको छ। मस्जिद तथा मुसलमानको ब्यापारिक प्रतिष्ठालाई निशाना बनाएर हिंसा हुने क्रम बढेसँगै रातको समयमा देशभर कफर्यु आदेश जारी गरिएकोे अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

सोमबार उत्तर पश्चिमी शहर कीनियामा रहेको एक मस्जिदमा हमला भएको थियो। मुसलमानको धार्मिक ग्रन्थ कुरानसमेत उनीहरुले च्यातिदिएका छन् भने उनीहको सवारीसाधनसमेत जलाइदिएका छन्। कतिपय स्थानमा दंगामा सामेल भीडलाई तितरबितर पार्न प्रहरीले हवाइ फायर गर्नुपरेको र अश्रुग्याँसको प्रयोग समेत गर्नुपरेको बीबीसीले जनाएको छ।

श्रीलंकका प्रधानमन्त्री रनिल विक्रमासिंघले गलत जानकारी प्रति सचेत हुन र सुरक्षाब्यवस्था कडा पार्न आग्रह गरेका छन््। श्रीलंकामा सामाजिक सञ्जाल नेटवर्क फेसबुक, ह्वाट्सएपलगायतका सामाजिक सञ्जालमाथि अस्थायी रुपमा प्रतिबन्ध लगाएको छ। गत २१ अप्रिल इस्टर पर्वमा भएको बम विस्फोटमा २ सय ५० जनाभन्दा बढीले  ज्यान गुमाएका थिए। श्रीलंकामा २ करोड २० लाख मानिस बस्ने गरेका छन्।

इस्टरको दिन भएको आक्रमणलाई लिएर इश्लामिक स्टेट समूहले उक्त हमलामा सामेल भएको कुरा स्वीकार गरिसकेको छ। इस्टर पर्वको दिन भएको आक्रमणपछि सरकारले देशमा संकटकाल लगाएको थियो।
 

कमेन्ट लोड गर्नुस