सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मेयर कपको उपाधि वडा नम्बर १२ लाई

२०७६ वैशाख ३१, १०:०२ खबर संवाददाता

धनगढी उपमहानगरपालिकाको आयोजनामा धनगढीमा भएको मेयर कप फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर १२ ले जितेको छ । सोमबार वडा नम्बर १८ स्थित पृथ्वी युवा क्लबको खेल मैदानमा भएको फाइनल खेलमा वडा नम्बर  १४ लाई सडन डेथमा पराजित गर्दैै वडा नम्बर १२ ले उपाधि चुमेको हो। पेनाल्टी सुटआउटमा सडन डेथ सम्म पुगेको खेलमा वडा नम्बर १२ नौ–आठले बिजयी भएको हो। यस अघि निर्धारीत समयमा दुबै वडाले  १÷१ को बराबरी खेलेका थिए । पहिलो हाफको ३५ मिनेटमा वडा नम्बर १४ का लागि हेम गोलले गोल गर्दै अग्रता दिलाएका थिए भने दोश्रो हाफको ४० मिनेटमा वडा नम्बर १२ का भिम थापाले गोल गर्दै खेल बराबरी बनाएका थिए । विजेता बनेको वडा नम्बर १२ ले ट्रफी मेडल प्रमाण पत्र सहित नगद एक लाख हात पारेको छ।

उपविजेता बनेको वडा नम्बर १४ ले ट्रफी मेडल प्रमाण पत्र सहित नगद एकाउन्न हजार पाएको छ। वडा नम्बर १२ को मनकामना युवा क्लबको मैदानमा क्वाटरफाईनलसम्मका खेल भएका थिए भने वडा नम्बर १८ को पृथ्वी युवा क्लको खेल मैदानमा सेमिफाईनल र फाईनल खेल भएको थियो। उपहानगरपालिका १९ वटै वडाहरुको टीमले सहभागिता जनाएको प्रतियोगितामा उत्कृष्ट खेलाडीलाइ नगद सहित सम्मान गरीएको छ। प्रतियोगितामा उत्कृष्ट परवार्ड वडा नम्बर १४ का बादल पाख्रिन, उत्कृष्ट गोल रक्षक वडा नम्बर १४ कै पारस खत्रि, उत्कृष्ट रक्षक वडा नम्बर १२ का सन्दिप गुरुङ र उदियमान खेलडी वडा नम्बर १२ का बिबेक सञ्जेल घोषित भए।

उनिहरुले जनहि ५ हजार ५ सय पुरस्कार प्राप्त गरे। सोमबार एक कार्यक्रमका बीच धनगढी उपमहानगरपालिका मेयर नृप ओडले मेयर कपको समापन गर्नुभयो। सो अवसरमा वोल्दै उहाले आगामी वर्षदेखि महिला मेयर फुटबल प्रतियोगिता आयोजना गर्ने घोषणा गर्नुभयो। वहाले धनगढीलाई खेलकुदको शहर बनाउनका लागि खेल मैदान लगायत आवश्यक पूर्वाधार निर्माणको काम गरिने बताउनु भयो। प्रतियोगिता सञ्चालनका लागि कैलाली जिल्ला फुटबल संघले प्राविधिक सहयोग गरेको थियो। वडाका खेलाडीहरुलाई छनोट गरेर उपमहानगरपालिकाको टीम समेत बनाईने कैलाली जिल्ला फुटबल संघले जनाएको छ । प्रतियोगितामा १९ वटै वडाका टीमहरुले भाग लिएका थिए।

कमेन्ट लोड गर्नुस