कैलालीबाट एक युवतीसहित तीन जना पक्राउ
धनगढीः कैलालीबाट एक युवतीसहित दुई युवक लागूऔषधसहित पक्राउ परेका छन्।
गोदावरी नगरपालिका-१ भरतपुरबाट ३ ग्राम ४१० मिलिग्राम लागूऔषधसहित सोही ठाँउ बस्ने १९ वर्षीय रमेश बडैला सोमवार पक्राउ परेका हुन्। ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले बडैलाको घरबाटै उनलाई पक्राउ गरेको बताएको छ।
यस्तै धनगढी उपमहानगरपालिका-४ तुल्सी राम मा.वि. नजिकबाट २ ग्राम लागू औषधसहित सोही ठाँउ बस्ने ३६ वर्षीय भरत चौधरी र २० वर्षीया की सिर्जना चौधरी सोमवार दिउँसो पक्राउ परेका हुन्। अस्थाई प्रहरी पोष्ट शिबपुरीधामबाट खटिएको प्रहरी टोलीले दुबैको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको जनाएके छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।