सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारले घटायो बजेटको आकार

२०८० माघ २९, ०७:३२ खबर संवाददाता

काठमाडौँः सरकारले चालू आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गरेको छ।

सोमवार मन्त्रालयले समीक्षासहित संशोधित अनुमान सार्वजनिक गरेको हो। चालू आर्थिक वर्ष (आव) ०८०÷८१ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले चालू आर्थिक वर्षमा १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख खर्च हुने अनुमान गरिएकोमा त्यसलाई संशोधन गर्दै १५ खर्ब ३० अर्ब २६ करोड ६२ लाख खर्च हुने संशोधित अनुमान ल्याएको बताए।

यो रकम सुरुको विनियोजनको ८७.३८ प्रतिशत हो। अर्धवार्षिक समीक्षा प्रस्तुत गर्दै अर्थमन्त्री महतले अहिले केही सूचक सकारात्मक देखिएको बताए। उनले समग्र अर्थतन्त्रको सूचक सुधार हुन समय लाग्ने बताउँदै तरलतामा सुधार आएको दाबी गरे। पुँजीगत खर्च वृद्धि हुने विश्वास व्यक्त गर्दै मन्त्री महतले भने, ‘पुँजीगत खर्च वृद्धि हुन्छ भन्ने मलाई लागेको छ। खर्चको कुरा गर्दा ३२.७५ समग्रमा भएको छ।
 

कमेन्ट लोड गर्नुस