धनगढीबाट एक महिलाको उद्धार

२०८० माघ २९, ०६:५५
धनगढीः कैलालीको धनगढीबाट एक महिलाको उद्धार गरिएको छ।
धनगढी उपमहानगरपालिका–१३ राजपुरबाट मानसिक अवस्था ठिक नभएकी महिलाको उद्धार गरिएको हो।
कञ्चनपुर बनखेत घर बताउने मानसिक स्थिती सन्तुलनमा नरहेकी करिब २०/२२ वर्षीया दिलु बुढा नाम बताउने महिलालाई धनगढी नगर प्रहरीले उद्धार गरेको हो। ती महिलालाई मानव सेवा आश्रम धनगढीमा बुझाइएको छ।




कमेन्ट लोड गर्नुस