सुदूर नेपाललाई विश्वसँग जोड्दै

फिल्म ‘अगस्त्य’ को ‘मायामा तिम्रै मायाम गीत सार्वजनिक

२०८० माघ २६, ०७:४९ खबर संवाददाता

काठमाडौँः भ्यालेन्टाइन डेको मौका छोपेर फिल्म ‘अगस्त्य’ को निर्माण टीमले प्रेम भावको गीत ‘मायामा तिम्रै मायामा’ सार्वजनिक गरेको छ।

ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको गीतमा एसडी योगी र विज्ञानी पराजुलीको स्वर सुन्न सकिन्छ। एसडी योगीको संगीत र मिक्सिङ तथा मास्टरिङ रहेको गीतमा सबिन एकतारेको शब्द तथा रिकेश गुरुङ संगीत निर्माता रहेका छन्। गीतमा फिल्मका प्रमुख कलाकार सौगात मल्ल, मलिका महत र रविन्द्र झालगायतका फिचर्ड छन्।

सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, निश्चल बस्नेत, मलिका महत, प्रमोद अग्रहरी, बेन बस्नेत, विजय बराल, रविन्द्र झा, शिशिर वाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रलगायतको अभिनय छ। फिल्म फागुन १८ गतेदेखि विश्वभर प्रदर्शनमा आउने छ।

कमेन्ट लोड गर्नुस