सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा मन्दिरको पुनःनिर्माणका लागि चन्दा संकलन  

२०८० माघ २६, १०:२२ खबर संवाददाता

बैतडीः बैतडीमा मन्दिरको पुनःनिर्माणका लागि चन्दा संकलन गरिएको छ।

डिलासैनी गाउँपालिका-७ मा रहेको कर्ण केदार मन्दिर मर्मतका लागि चन्दा संकलन गरिएको समाजसेवी प्रदिपकुमार जाशीले बताए। मन्दिर जिर्ण अवस्थामा रहेकाले विभिन्न व्यक्तिसँग रकम संकलन गरिएको उनले जानकारी दिए। उक्त रकम फागुन १० गते मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ताराप्रसाद जोशीलाई हस्तान्तरण गरिने प्रदिपले जानकारी दिए। उक्त मन्दिरमा दशैंमा जात्रासमेत लाग्ने गरेको उनले बताए।     
 

कमेन्ट लोड गर्नुस