कैलालीमा एकै दिन लागुऔषधसहित तीन जना पक्राउ
धनगढीः कैलालीमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन्।
जिल्लाको धनगढी उपमहानगरपालिका–७ जोखरतालबाट ७५० मिलिग्राम लागुऔषध खैरो हेरोईनसहित सोही ठाँउका २९ वर्षीय रामकृष्ण चौधरीलाई बिहीवार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
यस्तै, बर्दगोरिया गाउँपालिका– १ झगडपुरबाट १ ग्राम ६५० मिलिग्राम लागुऔषधसहित सोही ठाँउका २८ वर्षीय अनिल वि.क. र २७ वर्षीय सन्तोष वि.क लाई आज (बिहीवार) प्रहरीले पक्राउ गरेको हो। तीनै जनालाई नियन्त्रणमालिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।