सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट २६ हजारका भन्सार छलीका सामान बरामद

२०८० माघ २५, १२:२८ खबर संवाददाता

धनगढी : कञ्चनपुरबाट २६ हजारका भन्सार छलीका सामान बरामद गरिएको छ। जिल्लाको दोदोधारा चाँदनी नगरपालिका वडा नम्बर ८ धामी टोलबाट २६ हजारका भन्सार छलीका समान सशस्त्र प्रहरीले बरामद गरेको हो।

सशस्त्र प्रहरी कान्जीभोजको टोलीले कपडा र किरानाका सामान बरामद गरेको हो। सशस्त्र प्रहरीले भन्सार छलीका सामान कारबाहीका लागि गड्डाचौकी भन्सार कार्यालय, कञ्चनपुर पठाएको छ।

 

कमेन्ट लोड गर्नुस