सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा हतियारसहित प्रहरी परिचालन

२०८० माघ २४, ०५:१० खबर संवाददाता

धनगढीः कैलालीमा हतियारसहित प्रहरी परिचालन गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले आज (बुधबार) विहान हतियारसहित प्रहरी परिचालन गरेको हो।

जिल्ला प्रहरी कार्यालयको सुरक्षा योजना अनुसार इलालाभित्र अपराध रोकथाम तथा न्युनिकरणका लागि भन्दै हतियारसहितका प्रहरी परिचालन गरिएको छ। इलाका भित्रका अपराधिक गतिविधी, गैरकानुनी क्रियाकलाप, लागुऔषधको सेवन, बिक्रिवितरण, चोरी तस्करीलाई निस्तेज पार्ने उद्देश्यसहित हतियारसहितका प्रहरी परिचालन गरिएको हो।

आज बिहान ११ः३० बजेको समयमा प्रहरी सहायक निरीक्षक प्रेमकुमार शाहको  कमाण्डमा ६ जनाको प्रहरी टोली आवश्यक हातहतियारसहित खटिएको हो। जिल्ला प्रहरी कार्यालयको जिम्मेवार इलाकाभित्र पर्ने चुरे गाउँपालिका–६ फल्टुडे बजार हुँदै वडा नम्बर ३ धप्रेनी, चित्रपुरसम्मका वडाहरुमा हतियारसहित प्रहरी परिचालन गरिएको छ।

कमेन्ट लोड गर्नुस