सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा भन्सार छलीका सामानसहित एक महिला पक्राउ

२०८० माघ २४, ११:५९ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा भन्सार छलीका सामानसहित एक महिला पक्राउ परेकी छिन्।

धनगढी उपमहानगरपालिका-१ पशुपती टोलबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका ३३ हजार ३ सय मूल्यको चिनी, बिडी, सुर्ती, गोल्डि मसाला, सुपारी, दुध पाउडर, आन्टी लगायतका सामानसहित सोही ठाउँ बस्ने ४० वर्षीया तारादेवी कामी मंगलवार साँझ पक्राउ परेकी हुन्।

उनलाई प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। यस्तै धनगढी उपमहानगरपालिका-२ ट्राफिक चोकबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका ३२ हजार मूल्यको प्याज, चिनी, पानिपुरी, सरफ, पास्ता, अचार लगायतका सामान प्रहरीले बरामद गरेको छ।

उता कञ्चनपुरको बेलौरी नगरपालिका-८ कलकत्ताबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका २३ हजार २ सय ५० मूल्यको प्याज, न्यानो गलैचा कपडा, साईकल लगायतका सामान नियन्त्रणमा लिएको छ। मंगलवार दिउँसो प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारेका उक्त सामान सम्बन्धित भन्सार कार्यालयमा पठाइएको छ। 
 

कमेन्ट लोड गर्नुस