सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट डेढ लाख बढीको तस्करीको सामान बरामद

२०८० माघ २२, ०५:२७ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट तस्करीको सामान बरामद गरिएको छ।

इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालीका–११ चौकीसत्ता र सोहि पालिकाको– १० नम्बरको विधुत कार्यालय अगाडीबाट अन्दाजी १ लाख ५३ हजार ९२२ मुल्य बराबरका गुड, चप्पल, नमकिन, पितलका ताउली, लेहङगा, मकैको बिउ, मटर, पेन्ट, बिडी र नरिवल लगायतका सामान बेवारीसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीका अनुसार नियन्त्रणमा लिएको सामान कार्बाहीको लागी भन्सार कार्यालय गड्डाचौकी पठाएको छ।
 

कमेन्ट लोड गर्नुस