सुदूर नेपाललाई विश्वसँग जोड्दै

आगामी बजेटको सिद्धान्त र प्राथमिकता कर्मकाण्डी भयो : डा. भट्टराई

। फोटो स्रोत ।
२०७६ वैशाख २९, ०२:३९ खबर संवाददाता

नयां शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता कर्मकाण्डी भएको बताएका छन्। आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता निर्माण गर्दा अर्थमन्त्री स्वयमले आफैँमाथि न्याय नगरेको बताए।

बिरालो बाँधेर श्राद्ध गरेजस्तो गरी सरकारले बजेटका प्राथमिकता र सिद्धान्त निर्धारण बताए। उनले नीति तथा कार्यक्रममा जस्तै सिद्धान्त र प्राथमिकतामा चालु आर्थिक वर्षका बारेमा सरकारले गरेको विश्लेषण तथ्यसँग मेल नखाएको बताए।

सामाजिक न्यायसहितको तीव्र आर्थिक वृद्धिसहित आत्मनिर्भर भई सन् २०३० अगावै दिगो विकास लक्ष्य हासिल गर्ने लक्ष्य राम्रो भए पनि त्यसको आधार स्पष्ट नभएको बताउंदै उनले क्षेत्रगत प्राथमिकताका विषय स्पष्टसँग आउनुपर्ने र अर्थतन्त्रको समस्याको संरचनात्मक कारण खोज्न ध्यान दिनुपर्ने सुझाव समेत दिए। 

कमेन्ट लोड गर्नुस