सुदूर नेपाललाई विश्वसँग जोड्दै

आयल निगमको धनगढी डिपो प्रमुखमा ओझा

२०८० माघ २०, ०३:२४ खबर संवाददाता

धनगढीः नेपाल आयल निगम लिमिटेडले रिक्त रहेको सुदूरपश्चिम प्रादेशिक कार्यालय, धनगढीको प्रमुखमा प्रबन्धक सतिश ओझालाई जिम्मेवारी दिएको छ।

करिब एक महिनाअघि धनगढी डिपो प्रमुख मोहनकुमार साहको केन्द्रिय कार्यालयमा सरुवा भएपछि उक्त पद रिक्त थियो। निगमले सरुवाको निर्णय लिंदा ओझाले पहिलो पटक कार्यालय प्रमुखको जिम्मेवारी पाएका हुन्।

निगम व्यवस्थापनले धनगढी डिपोको अपरेसन विभाग हेर्ने खगेन्द्र अधिकारी र लेखा प्रमुख प्रबिन पौडेलको इन्धन डिपो, नेपालगञ्ज सरुवा गरेको छ। धनगढीको लेखा प्रमुखमा भैरव रावललाई जिम्मेवारी दिएको छ। रावल गण्डकी प्रादेशिक कार्यालय, पोखराबाट सरुवा भई धनगढी पुगेका हुन्।

कमेन्ट लोड गर्नुस