सुदूर नेपाललाई विश्वसँग जोड्दै

डाक्टर महावीर पुन सुदूरपश्चिममा

२०८० माघ १९, ०५:१६ खबर संवाददाता

धनगढी: डाक्टर महावीर पुन सुदूरपश्चिम यात्रामा निक्लिएका छन्। आत्माकथामा आधारित पुस्तक "महावीर पुन" बिक्री वितरण गर्न पुन सुदूरपश्चिममा आएका हुन्। पुस्तक यात्रामा डाक्टर पुन मङ्गलवार दैलेख हुँदै अछाम आएका हुन्।

बुधवार र बिहीवार डोटी र डडेल्धुरामा किताब बिक्री गरेका पुन शुक्रवार बैतडीको पाटन नगरपालिकाको पाटन बजार पुगेका छन्। बैतडी सदरमुकाम हुँदै कञ्चनपुरको महेन्द्रनगर आउने कार्यक्रम रहेको डाक्टर पुनले दिनेशखबरलाई बताए।
महेन्द्रनगर आइतवार या सोमवारसम्म पुग्ने त्यसपछि महेन्द्र राजमार्ग हुँदै कैलालीको धनगढी आइपुग्ने पुनले बताएका छन्।

कमेन्ट लोड गर्नुस