अफगानिस्तानमा हवाई आक्रमण : १० तालिबानीको मृत्यु
![](https://dineshkhabar.com/sites/default/files/styles/row_list/public/field/image/afganistan_1.jpg?itok=lEzGzlu0)
नेटोको अग्रसरतामा पूर्वी अफगानिस्तानको पाक्टीका प्रान्तमा गएराति गरिएको चालकविहीन हवाई आक्रमणमा दश जना तालिबानीको मृत्यु भएको छ। प्रान्तीय प्रहरी प्रवक्ता शाह मोहम्मद आर्यानले स्थानीय प्रहरीको भनाई उद्धृत गर्दै बरमाल जिल्लाको मङ्गरित इलाकामा गरिएको हवाई आक्रमणमा १० जना मारिएको जानकारी दिए। राजधानी काबुलबाट करिब १५५ किलोमिटर दक्षिणमा गरिएको यस कारबाहीमा सर्वसाधारण नपरेको प्रहरीले दावी गरेको छ। अर्को एक घटनामा छिमेकी वारदाक प्रान्तमा एक जना तालिबानी लडाकू मारिनुका साथै तीनजना अरु तालिबानी पक्राउ परेका छन्। तालिबान समूहले उक्त दुबै घटनाका बारेमा कुनै प्रतिक्रिया दिएको छैन। रासस
![cp](https://dineshkhabar.com/sites/default/files/WhatsApp_Video_2023-06-04_at_12_04_26_PM_AdobeExpress (2).gif)
![add (golden walk)](https://dineshkhabar.com/sites/default/files/1720425056360.jpg)
![Sonalika](https://dineshkhabar.com/sites/default/files/Sonalika-Tractors-ko-web-banner-giff.gif)