सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा एक गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

२०८० माघ १७, ०७:२७ खबर संवाददाता

बाजुराः बाजुरामा एक गर्भवतीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

बुधवार कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट जगन्नाथ गाउँपालिका २ की ४५ वर्षिया राजु बिष्टको उद्धार गरिएको हो। बिष्टको रगतको मात्रै निकै कम भएकाले अप्रेशन गर्न जटिल देखिएकाले हेलिकप्टरबाट सुर्खेत पठाइएको प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ। उनको राष्ट्रपति हवाई उद्धार कार्यक्रम अन्तर्गत निः शुल्क उद्धार गरिएको हो।

उनले गर्भावस्थामा एक पटक पनि चेकजाँच नगरेको, प्रेसर हाइ, खुट्टा सुन्निएको र हेमोगोलोबिन पनि कम भएकाले अप्रेशन सम्भव नहुने भएपछि जिल्ला प्रशासन कार्यालयमा जानकारी गराएर प्रशासनको पत्रचार पछि उनलाई रेफर गरेको डाक्टर रञ्जितकुमार शाहले बताए। 
 

कमेन्ट लोड गर्नुस