सुदूर नेपाललाई विश्वसँग जोड्दै

सिटीइभिटी कर्मचारी संघ सुदूरपश्चिमको अध्यक्षमा धामी

२०८० माघ १६, ०८:४३ खबर संवाददाता

धनगढीः प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी) सुदूरपश्चिम कर्मचारी संघको नयाँ कार्य समिति चयन भएको छ। सिटीइभिटी कर्मचारी संघको तेस्रो अधिवेशनबाट रोहित धामी अध्यक्ष चयन भएका हुन्।

उनी अध्यक्ष रहेको १० सदस्यीय कार्यसमिति चयन गरिएको छ। उपाध्यक्षमा राकेशजंग शाह, सचिवमा मनोज जोशी, सहसचिवमा लेखराज महता र कोषाध्यक्षमा हरिष बडू चयन भएका छन्। यस्तै सदस्यहरूमा राजेश खड्का, धुव्रराज जोशी, नरेन्द्रराज पन्त, उमा भण्डारी र भागरथी भट्ट चयन भएका छन्। आजको अधिवेशनले इकाई कमिटीका अध्यक्ष समेत चयन गरेको छ। जसमा सेती प्राविधिक शिक्षालय (डोटी)को कर्मचारी संघको अध्यक्षमा हेमन्त खड्का, शुक्लाफाँटा बहुप्राविधिक शिक्षालय (कञ्चनपुर) खेमराज जोशी, सहिद वृर्षबहादुर सिंह प्राविधिक शिक्षालय( बझाङ) विनोद भण्डारी, टीकापुर बहुप्राविधिक शिक्षालय (कैलाली) बिवस ओली इकाई कमिटी अध्यक्ष चयन भएका छन्।

यस्तै भीमदत्त बहुप्राविधिक शिक्षालय ( बैतडी)को सुरेन्द्र विष्ट र मंगलसेन बहुप्राविधिक शिक्षालय (अछाम)को लक्ष्मण घर्ती चयन भएका छन्। कार्यक्रमको सञ्चालन हेमन्त खड्काले गरेका थिए। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् कर्मचारी संघका निवर्तमान संयोजक तिर्थराज अवस्थीले समाजमा गुणस्तरीय शिक्षा प्रदानका लागि कटिबद्ध भएर लाग्न, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्लाई प्रदेश मातहतमा समायोजन गर्ने सरकारको तयारी रहेकोले कर्मचारीलाई कुनै मार्का नपर्ने गरि व्यवस्थापनमा लाग्नु पर्ने बताए। साथै उनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् र कर्मचारीको हक हितका लागि सधैँ तयार रहने प्रतिबद्धता जनाए। उक्त कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदका सुदूरपश्चिम प्रदेशका निर्देशक कल्पकुमार बस्नेत, उप निर्देशक देवसिँ धामी लगाएत नौँ वटै जिल्लाका प्राविधिक शिक्षालयका शिक्षक, आङ्गिक शिक्षालयका प्रदेशका तथा जिल्लाका प्रतिनिधिको सहभागीता रहेको थियो।

 

कमेन्ट लोड गर्नुस