सुदूर नेपाललाई विश्वसँग जोड्दै

कांग्रेस सभापति देउवा धनगढीमा सम्मानित

२०७६ वैशाख २८, ०३:०२ खबर संवाददाता

नेपाली काँगे्रसका पार्टी सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा सम्मानित भएका छन्। डोटीको सीताराम माध्यामिक विद्यालयमा पहिलो ब्याजबाट एसएलसी पास गरेका देउवालाई सम्मानित गरिएको हो। महेश रामायण सभाले उनलाई दोसल्ला तथा कदरपत्र दिएर सम्मानित गरेको हो। सो विद्यालयबाट एसएलसीको पहिलो ब्याजमा पास हुने देउवा लगायत ३ जनालाई सम्मानित गरेको हो। यस्तै प्रेमराज पन्त र गोविन्द केसीलाई सम्मानित गरेको हो। सभाले विद्यालयका पुर्व विद्यार्थी तथा नेकपाको नेता लेखराज भट्टलाई पनि सम्मानित गरेको छ। 

सम्मानित भएपछि देउवाले सीताराम माध्यामिक विद्यालय रामाश्रम उच्चकोट डोटीले दिएको शिक्षाले गर्दा नै यहाँ सम्म पुगेको बताएका छन्।  शनिबार धनगढीमा आयोजित सीताराम माध्यामिक विद्यालयको हीरक महोत्सवको अवसरमा उनले सो कुरा बताएका हुन्। देउवाले सुदूरपश्मिको विकासका लागि आफु गृहमन्त्री हुँदा देखि नै सक्रिय भएको बताए। 
 

कमेन्ट लोड गर्नुस