सुदूर नेपाललाई विश्वसँग जोड्दै

दरबार हत्याकाण्डको छानबिन हुन्छ: प्रधानमन्त्री दाहाल

२०८० माघ १६, ०९:४२ खबर संवाददाता

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहालले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानबिन हुने बताएका छन्। सोमबार दिउँसो बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्री दाहालले २२ वर्षअघिको दरबार हत्याकाण्डको छानबिन हुने बताएका हुन्। 

पूर्वराजाले बोल्नै नहुने कुरा बोलिरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, ’पूर्वराजाले जे बोलेका छन्, बोल्नै नहुने कुरा बोलेका छन्। दरबार हत्याकाण्डबारे फेरि एकपल्ट छानबिनतिर सरकार अघि बढ्दैछ।’ प्रधानमन्त्रीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले सबैलाई स्वतन्त्रतापूर्वक अधिकार दिए पनि व्यवस्थाका विरूद्ध उभिने र षड्यन्त्रूर्ण गतिविधि गर्ने अधिकार कसैलाई नभएको स्पष्ट पारे।

कमेन्ट लोड गर्नुस