सुदूर नेपाललाई विश्वसँग जोड्दै

भन्सार छलीका सामान बरामद

२०८० माघ १५, ११:५९ खबर संवाददाता

कैलालीः कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

कैलालीको धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराह नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी ३ हजार ८ सय ६० मूल्य बराबरको मिठाई, नरिवल, आन्टि, पास्ता लगायतका सामान आईतवार साँझ प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

उता कञ्चनपुरको पुनर्वास नगरपालिका–४ कोटेश्वर मन्दिर नजिकैबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ३२ हजार मूल्य बराबरको सोफा सेट आईतवार दिउँसो प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस