सुदूर नेपाललाई विश्वसँग जोड्दै

कमेडी फिल्म ‘जिग्री’को टिजर सार्वजनिक

२०८० माघ १२, ०५:१६ खबर संवाददाता

काठमाडौंः अभय बराल र आकाश मगरको मुख्य भूमिका रहेको फिल्म ‘जिग्री’को टिजर सार्वजनिक भएको छ। टिजरसँगै निर्माताले फागुन ४ गतेलाई प्रदर्शन मितिको रुपमा घोषणा गरेका छन्।

एक मिनेट लामो टिजरमा दुई युवाले जीवनमा भोग्नुपर्ने उल्झनलाई कमेडी शैलीमा प्रस्तुत गरिएको छ। टिजरमा ‘लुट’ फेम्ड अभिनेता सुशीलराज पाण्डेदेखि पशुपति राईसम्मलाई देखाइएको छ। चर्चित कास्टिङ निर्देशक तथा नाट्यकर्मी केदार श्रेष्ठ पनि टिजरमा छन्। यो कमेडी–क्राइम–एक्सन–ड्रामालाई आकाश मगरले निर्देशन गरेका हुन्।

फिल्ममा सुप्रिया राना, रोशन सुवेदी, जीवन बराल, वासुदेव खनाल, नवीन लम्साल, दिवाकर घिमिरे, सुशीलालक्ष्मी महर्जन, मनिष व्यञ्जु, स्नेहा रसाइली, अर्जुन पौडेल, शंकर भण्डारी लगायतको अभिनय छ। सुस्केरा आर्ट्सको प्रस्तुति तथा निर्माण र लोकल सिनेमाको निर्माणमा फिल्म बन्न लागेको हो।
 

कमेन्ट लोड गर्नुस