सुदूर नेपाललाई विश्वसँग जोड्दै

एक लाख बढी भन्सार छलीका सामान बरामद  

२०८० माघ १२, ०८:५६ खबर संवाददाता

धनगढीः कैलाली र कञ्चनपुरबाट एक लाख बढीका भन्सार छलीका सामान बरामद गरिएको छ।

कैलालीको धनगढी उपमहानगरपालिका-३ ट्राफिक चौराहबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ३० हजार ५ सय १० मूल्य बराबरको चिनी, प्याज, मिठाई, मैदा, नरिवल, तेल, बिडी लगायतका सामान बरामद गरिएको छ। यस्तै जोशीपुर गाउँपालिका-३ मनिकापुरबाट अन्दाजी १८ हजार ५ सय मूल्य बारबरका चिनी, बिडी लगायतका सामान बरामद गरिएको प्रहरीले बताएको छ।

उता कञ्चनपुरको पुनर्वास नगरपालिका ४ 'घ' गाउँबाट अबैध रुपमा भारतबाट भन्सार छलीगरि ल्याएका अन्दाजी ६० हजार मूल्य बराबरको माछा बिहीवार दिउँसो प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नष्ट गरिएको छ। दुबै जिल्लाबाट गरी जम्मा एक लाख नौ हजार दश मूल्य बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस