कञ्चनपुरबाट एक लाख बढीका भन्सार छलीका कपडा बरामद

२०८० माघ ११, ०५:५८
कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीका कपडा बरामद गरिएको छ।
जिल्लाको भीमदत्त नगरपालिका–४ बसपार्कबाट करिब एक लाख छ हजार एक सय मुल्य बराबरका कोट पाईन्टका कपडा, लेडिज सुट, स्वीटर लगाएत उनी मोजा बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिएका कपडा भन्सार कार्यालय गड्डाचौकी पठाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए।




कमेन्ट लोड गर्नुस