सुदूर नेपाललाई विश्वसँग जोड्दै

गण्डकीमा गठबन्धनका सबै उम्मेदवार विजयी

२०८० माघ ११, ०५:१९ खबर संवाददाता

काठामाडौँः  राष्ट्रियसभा निर्वाचनअन्तर्गत गण्डकी प्रदेशबाट सत्तारूढ गठबन्धनका उम्मेदवारत्रय विजयी भएका छन्।

महिला क्लस्टरमा नेकपा (माओवादी केन्द्र) की मनरूपा शर्मा विजयी भएकी छन्। उनले ३ हजार ६६० मतभार प्राप्त गरिन्। यस्तै अपाङ्गता क्लस्टरबाट नेपाली कांग्रेसका पदमबहादुर परियार विजयी भए। उनले ३ हजार ७७४ मत लिए।

यसैगरी अन्य क्लस्टरबाट नेपाली कांग्रेसकै किरणबाबु श्रेष्ठ विजयी भए। उनले ३ हजार ८०८ मतभार पाए। यसअघिनै लुम्बिनीमा पनि सत्ता गठबन्धनका उम्मेदवार विजयी भइसकेका छन्।
 

कमेन्ट लोड गर्नुस