सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको मजगाँउ होमस्टेमा माघि महोत्सव हुने

२०८० माघ १०, ०८:४९ खबर संवाददाता

धनगढीः कैलालीको गोदावरी नगरपालिका–८ मजगाँउमा माघि महोत्सव हुने भएको छ।

थारू कल्याणकारिणी सभाको आयोजनामा माघ १२, १३ र १४ गते तीन दिन महोत्सव सञ्चालन हुने भएको हो। ‘संस्कृति संरक्षण, स्थानिय पर्यटन र आधुनिक कृर्षि पर्यटनका लागि एकजुट हौ’ भन्ने मुल नाराका साथ तीन दिने महोत्सव सञ्चालन गरिन लागेको सभाका नगर अध्यक्ष जनकलाल चौधरीले बताए।

महोत्सवको प्रदेशका भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीले समुद्घाटन गर्ने कार्यक्रम रहेको छ। महोत्सवमा स्थानीय भाँकीहरू प्रदर्शनका साथै थारु राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस