सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालले पाकिस्तानलाई दियो १९८ रनको लक्ष्य

२०८० माघ १०, ०५:३४ खबर संवाददाता

अन्डर १९ विश्वकप क्रिकेटमा नेपालले पाकिस्तानलाई १ सय ९८ रनको लक्ष्य दिएको छ। दक्षिण अफ्रिकास्थित बफेलो पार्कमा जारी खेलमा नेपालले पूरै ओभर खेलेर सबै विकेट गुमाउँदै १९७ रन बनाएको हो।

नेपालका लागि ओपनर विपिन रावलले सर्वाधिक ३९ रन बनाए।  दिपक डुम्रेले २६, कप्तान देव खनालले २३, सुवास भण्डारीले २० तथा गुल्सन झाले १८ रनको योगदान गरे। दिपेश कँडेल, अर्जुन कुमाल र आकाश त्रिपाठी ६–६ तथा उत्तम मगर ४ रनमा आउट भए। आकाश चन्द १६ रनमा अविजित रहे।

पाकिस्तानका लागि अराफत मिन्हासले ३ र अहमद हुसेनले २ विकेट लिए। आज पराजित भएमा नेपाल विश्वकपको समुह चरणबाटै बाहिरिने छ। यसअघि नेपाल न्युजिल्याण्डसँग पराजित भएको थियो। अन्तिम खेल नेपालले अफगानिस्तानसँग खेल्नेछ।
 

कमेन्ट लोड गर्नुस