सुदूर नेपाललाई विश्वसँग जोड्दै

उत्तर कोरियाले बढायो युद्धको सम्भावना

। फोटो स्रोत ।
२०७६ वैशाख २७, ०४:१९ खबर संवाददाता

रक्षा विशेषज्ञले उत्तर कोरियाले बिहीबार गरेको मिसाइल परीक्षणले युद्धको सम्भावना बढाएको बताएका छन्। बिहीबार उत्तर कोरीयाले छोटो दुरीमा सटिक प्रहार गर्नसक्ने क्षमताका मिसाइल परीक्षण गरेको जनाइको छ।
उनीहरुका अनुसार अहिले उत्तर कोरियाले छोटो दुरीका तर प्रभावकारी, सटिक प्रहार गर्ने र आणविक हतियारसमेत बोक्ने मिसाइल विकास गरिरहेको छ।

अमेरिका–दक्षिण कोरियासँग युद्ध भइ हाले उत्तर कोरिया निकै प्रभावकारी लडाइँ गर्ने क्षमता विकास गरिरहेको छ। पहिलो परीक्षण नगरिएका शस्त्रास्त्र गत शनिबार उत्तर कोरियाले त्यहाँका नेता किम जोङ उनको उपस्थितिमा परीक्षण गरेको थियो। उसले तुलनात्मक रूपमा साना तर तीव्र गतिका र गति परिवर्तन गर्न मिल्ने मिसाइल परीक्षण गरेको अनुमान विशेषज्ञको छ। उनीहरूले यस्ता मिसाइल युद्धमा बढी प्रभावकारी हुने र प्रक्षेपणसमेत सजिलै लुकाउन सकिने बताएका छन्।

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले शुक्रबार जारी गरेका तस्बिरको अध्ययनबाट बिहीबार र गत शनिबार एकै खालका मिसाइल परीक्षण गरिएको दाबी पनि रक्षा विशेषज्ञको छ। गत फेब्रुअरीमा हनाईमा भएको अमेरिकासँगको शान्ति वार्ता बिना निष्कर्ष अन्त्य भएपछि उत्तर कोरियाले शस्त्रास्त्र परीक्षण तीव्र पारेको छ। अमेरिका र दक्षिण कोरियाले परीक्षण ससाना भएकाले खासै चिन्ता लिनु नपर्ने भनिरहँदा विशेषज्ञले भने नयाँ ससाना मिसाइलको प्रयोग र प्रभावकारिताको बेवास्ता गर्न नमिल्ने बताएका छन्।
 

कमेन्ट लोड गर्नुस