कञ्चनपुरमा लागुऔषध मुद्धाका फरार प्रतिवादी पक्राउ

कञ्चनपुरः कञ्चनपुरमा लागुऔषध मुद्धामा फरार रहेका एक जना पक्राउ परेका छन्।
बेदकोट नगरपालिका–७ सुडाका मदन भट्ट बुधवार पक्राउ परेका हुन्। मदनलाई अदालतले २०७८ चैत्र ९ गते लागुऔषध मुद्दामा ५ महिना कैद र पाँच हजार जरिवाना तोकेको थियो। उनी सोहि दिनबाटै फरार रहेका थिए।
मदनलाई सजाय भुक्तानको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नावव उपरीक्षक प्रकाश डाँगीले बताए।
