सुदूरपश्चिममा सशस्त्र प्रहरीको एक वर्षे उपलब्धिः ३.५ किलो लागुऔषध बरामद

धनगढीः सुदूरपश्चिममा सशस्त्र प्रहरीले एक वर्षमा गरेका कामको उपलब्धि सार्वजनिक गरिएको छ।
सो अवधिमा तीन दशमलव ५ किलोग्राम लागुऔषध बरामद गरेको उल्लेख छ। ८ करोड ३६ लाख ३३ हजार मुल्यका अबैध सामान बरामद र तीनवटा हतियार समेत नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल वैद्यनाथ बाहिनीका बाहिनीपति कुमार न्यौपानेले बताए। साथै सशस्त्र प्रहरीले मानव बेचिविखन सम्बन्धी ३१ वटा घटनाहरु निराकरण गरेको उनले बताए।
गत वर्षको माघदेखि सशस्त्र प्रहरी बल नेपाल बैद्यनाथ बाहिनी र मातहतका कार्यालयहरुबाट २० हजार २०१ वटा एकल र ६२५ वटा संयुक्त गस्तीहरु गरिएको प्रगति विवरणमा उल्लेख छ। १६९ वटा सीमा स्तम्भ मर्मत, २४९ वटा जनचेतनामुलक कार्यक्रम र २७७ वटा सरसफाई सम्बन्धी कार्यक्रम सशस्त्र प्रहरीले गरेको छ। सशस्त्र प्रहरीले सो अवधिसम्म ३७३ जीवित व्यक्तिहरुको उद्धार गरेको छ।



