सुदूर नेपाललाई विश्वसँग जोड्दै

आईसीसी यू–१९ विश्वकपमा न्यूजिल्यान्डद्धारा नेपाललाई ३०३ रनको लक्ष्य

२०८० माघ ७, ०६:१३ खबर संवाददाता

दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेटमा न्यूजिल्यान्डले नेपाललाई ३ सय ३ रनको लक्ष्य दिइएको छ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले ८ विकेट गुमाएर ३०२ रन बनायो। न्युजिल्यान्डले पहिलो विकेटका रुपमा ओपनर लुक वाट्सनलाई १४ रनको व्यक्तिगत स्कोरमा गुमायो। उनलाई सुवाष भण्डारीले बोल्ड गरे। वाट्सन आउट हुँदा न्युजिल्यान्डले ५३ रन बनाएको थियो।

दोस्रो विकेटका रुपमा न्युजिल्यान्डले टम जोन्सलाई ३३ रनको व्यक्तिगत स्कोरमा गुमायो। टमलाई स्पिनर तिलक भण्डारीले बोल्ड गरे। दोस्रो विकेट गुमाउँदा न्युजिल्यान्डले ६६ रन बनाएको थियो। तेस्रो विकेटका रुपमा ओलिभर टेवटिया शून्य रनमै पेभेलियन फर्किए। उनलाई स्पिनर दिपेश कँडेलले विकेटकिपर उत्तम रंगु थापामगरको हातबाट क्याच गराए।

नेपालका लागि सुवासले ३ विकेट लिए। उनले १० ओभरमा ६० रन खर्चे। गुल्शनले १० ओभरमा ६१ रन खर्चेर २ विकेट लिए। दीपेश, तिलक र आकाश त्रिपाठीको नाममा १–१ विकेट रहयो।
 

कमेन्ट लोड गर्नुस